रिगलको कैद सजाय मिनहा गर्ने राष्ट्रपतिको निर्णय सवोच्चद्वारा बदर, थुनामा राख्न आदेश (पूर्णपाठ)

काठमाडौं– जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले राष्ट्रपतिले गरेको कैद सजाय मिनाहाको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो। संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको सजाय मिनहा गरेका थिए।

इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ । साथै उनलाई तत्काल थुनामा पठाउन सरकारका नाममा परमादेश पनि जारी गरेको छ।

सर्वोच्चले चेतन मानन्धर हत्याको मुद्दा हाल सर्वोच्च अदालतमा पुनरावेदनकै क्रममा रहेकाले यसमा कैद छुट तथा मिनाहा दिन नमिल्ने भनेको छ। त्यस्तै रिगलको कैद मिनाहा गर्नुको उचित कारण पनि सरकारले उल्लेख नगरेको सर्वोच्चको ठहर छ।

कैद छुटको निर्णय गर्दा कारागार नियमावलीको व्यवस्थासँगै पीडितको सहमति लिनुपर्ने भन्दै सर्वोच्चले पीडितलाई सामाजिक पुनर्स्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गर्नुपर्ने पनि उल्लेख छ।

सर्वोच्चले रिगलले ११ वर्ष, ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्ने देखिएको भन्दै त्यति कैद असुल्न पनि आदेश दिएको छ।

यस्तो छ सर्वोच्च अदालतको पूर्णपाठ

सम्बन्धित खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट