छोरो बचाउन खोलामा हामफालेकी २५ वर्षिया किशोरीको अस्पतालमा मृत्यु

काठमाण्डौं– खोलामा खसेका छोरा बचाउन खोज्दा पर्वतमा एक महिलाको ज्यान गएको छ। कालीगण्डकीमा डुबेका चार वर्षिय छोरा बचाउन नदीमा हामफाल्दा विहादी गाउँपालिका–६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको मृत्यु भएको हो।

खोलामा डुवेर सिकिस्त भएकी उनलाई उपचारका लागि मिर्मिको कालीगण्डकी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका–७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा भट्टराईका छोरा रियान्स नदीमा खसेका थिए । छोरा बचाउन नदीमा हामफालेकी रीतु गम्भीर घाइते भएकी थिइन् ।

प्रहरीले नदीबाट आमाछोराको जीवितै उद्दार गरेको थियो। बालक रियान्सलाई भने थप उपचारका लागि पाल्पाको मिमन अस्पताल पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट