१४५ दिनको धर्नाले धनुषाका एसपी विश्वराज खड्काको जिम्मेवारी खोसियो

जनकपुर– एक पीडित परिवारले लगातार १४५ दिन काठमाडौँमा धर्ना बरेर धनुषाका एसपी विश्वराज खड्कालाई जिम्मेवारी विहिन वनाएको छ। एसपी खड्कालाई जिम्मेवारीमुक्त गरी प्रहरी प्रधान कार्यालय तानिएको छ।

उप–प्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयका अनुसार धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारका सदस्यको माग अनुसार खड्कालाई फिर्ता वोलाईएको हो। आरतीको परिवार माइतीघरमा धर्ना बसिरहेको छ।

खड्का १२ पुस ०७९ मा धनुषामा सरुवा भएका थिए। सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो। संवादका लागि साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने शर्त राखेसँगै उनलाई जिम्मेवारी मुक्त गरिएको हो।

०७८ असारमा धनुषाको नगराइन नगरपालिका, ८ का विनोद प्रसाद साहकी छोरी २० वर्षिया आरती र मिथिला बिहारी नगरपालिका–३ मिथिलेशवर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकका ३९ वर्षिय मोतीबाबुको मागी विवाह भएको थियो। तर, विवाह भएको २ वर्षपछि नै आरती मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरी अधिकृतहरूले कुटपिट गरेको पीडित परिवारका सदस्यले दाबी गरेका छन्।

खड्का सहितका प्रहरी अधिकृतहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै आरतीका बुवा विनोद प्रसाद साह र आमा निर्मलादेवीसहितका सदस्यहरू धर्ना बसिरहेका छन्।

आरतीका ससुरा मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी र श्रीमान् मोती बाबु साहका अनुसार घरमै झुन्डिएको अवस्थामा आरती फेला परेकी थिईन। उद्धार गरी उनलाई अस्पताल ल्याएको उनीहरुले बताएका थिए। काव्या हस्पिटल जनकुरमा पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए।

घटनास्थल गएर प्रहरीले मुचुल्का तयार पा¥यो । घरको एक कोठाको सिलिङ फ्यानमा एउटा सल भेटिएको थियो, जसको प्रयोग गरी आरतीले झुन्डिएर आत्महत्या गरेको बताइएको थियो। आरतीको घाँटीमा आत्महत्या गर्दा हुनेजस्तै घाउ थियो भने गाला र शरीरका अन्य भागमा पनि घाउ देखिएको थियो।

सोही आधारमा आरतीका माइती पक्षले घटना आत्महत्या नभएर हत्या नै भएको शंका गरे। त्यसपछि उनीहरूले प्रहरीमा आरतीका ससुरा र श्रीमानविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिन खोजे। तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेन।

जेठ ८ गते अपराह्न १ बजे आरतीको शवको पोस्टमार्टम भयो। रिपोर्टले झुन्डिएको र आत्महत्या हुन सक्ने भन्यो। साथै त्यही रिपोर्टमा गालामा चोट भएको र चोट भित्री भागसम्म भएको उल्लेख थियो। यही आधारमा कुटपिट गरी हत्या भएको दाबी गर्दै आरतीका माइतीपक्ष प्रहरीमा जाहेरी दर्ता गर्न गए, फेरि पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेन।

प्रहरीलाई दबाब दिन उनीहरुले जिल्ला प्रहरी कार्यालयअगाडि शव राखेर आन्दोलन गरे। प्रहरीले कर्तव्य ज्यानमा जाहेरी दर्ता गरेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि मात्र शवको दाहसंस्कार गरियो।

दाहसंस्कार सकिएलगत्तै प्रहरीले आरतीका ससुरा मदन मोहन र श्रीमान मोतीबाबुलाई पक्राउ ग¥यो। मोतीबाबुले आरतीलाई झुन्डिएको अवस्थामा भेटेको बयान दिए भने सोही दिन झगडा हुँदा आफूले आरतीलाई तीन–चार थप्पड हानेको पनि स्विकारे।

आरतीका ससुराले पनि आफू छोरा–बुहारीको कोठामा पुग्दा बुहारी अचेत अवस्थामा देखेपछि उपचारका लागि अस्पताल लगेको बयान दिएका छन्। उनीहरुले ७ जेठको साँझ ५ः१५ बजे सलको पासो लगाएको र अचेत अवस्थामा आरतीलाई फेला पारिएको बताएपनि ८ जेठ अपराह्न १ बजेको पोस्टमार्टम रिपोर्टमा आरतीको मृत्यु २४ देखि ३६ घन्टा पहिले भइसकेको उल्लेख छ।

त्यसपछि माइती पक्ष झन हत्या नै भन्ने निस्कर्षमा पुग्यो। परिवारका सदस्यले दाइजोको निहुँमा आरतीमाथि पटकपटक कुटपिट हुने गरेको, कुटपिट गरेरै हत्या गरिएको र हत्यालाई आत्महत्या बनाउन झुन्डिएको भनी बहाना बनाइएको आरोप लगाएका छन।

आरती साहको मृत्यु प्रकरणमा धनुषा प्रहरीको भूमिका पनि निकै शंकास्पद देखिएको छ। सुरुमा जाहेरी दर्ता नै गर्न नमानेको प्रहरीले कार्यालय अगाडि शव राखेर आन्दोलन गरेपछि मात्र कर्तव्य ज्यानको जाहेरी लिएर अनुसन्धान थालेको थियो। तर घटनाको २२ दिनसम्म प्रहरीले आरतीको माइतीपक्षलाई बोलाएन। बरु, माइतीपक्षको भनाइ नै नराखी प्रहरीले एकाएक रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा पठायो।

धनुषाका जिल्ला न्यायाधिवक्ता सुदीप दंगालले माइतीपक्षको भनाइ समेत समावेश गरेर ल्याउन भन्दै रायसहितको प्रतिवेदन फिर्ता पठाइदिए। त्यसपछि बाध्य बनेको प्रहरीले ३२ जेठमा माइतीपक्षलाई कागजका लागि बोलायो।

त्यसपछि घट्ना झन विवादित भयो। माइतीपक्षले आफूले भनेको जस्तो बेहोरा लेख्न र पहिलो जाहेरीमा ६ बजे हत्या गरेको उल्लेख गरेका कारण त्यसलाई सच्याएर शनिबार राति नै हत्या गरी आइतबार साँझ मात्रै खबर गरिएको बेहोरा लेख्न प्रहरीलाई भन्यो।

प्रहरीले जाहेरीमा भएको बेहोरा सच्याउन नमिल्ने जवाफ दियो। पहिले नै तयार पारेको कागजमा हस्ताक्षर गर्न लगाएपछि उनीहरुले प्रतिकार गरे। त्यही क्रममा प्रहरीले आफुलाई कुटपिट समेत गरेको आरतीकी वहिनी मनिषाको आरोप छ।

डीएसपी वेदप्रसाद गौतमले सीसीटीभी क्यामरा नभएको कोठामा लगेर पेटमा लात्तीले हानेको घाँटीमा समातेर झुन्ड्याएको उनको आरोप छ। पेटमा लात्तीले हानेपछि ब्लिडिङ समेत भएको उनले वताईन। सोही राती साढे १० बजे उनीहरुलाई प्रहरीले माफी मगाएर खुट्टा ढोग्न लगाई कागज गराएर मुक्त गर्यो। यी सवै प्रकरणपछि आरतीका माईती पक्षले धर्ना सुरु गरेका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट