पूर्वी नवलपरासीको देवचुलीमा जीप दुर्घटना हुँदा चालकसहित ७ जनाको मृत्यु

नवलपुर– पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा आईतबार बोलेरो जी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। देवचुली स्थित गोरे घुम्तीमा लु १ ज ३२७० नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घट्नामा ६ जनको घट्नस्थलमै र गम्भिर घाइते भएका मध्यबिन्दु नगरपालिका–२ मदनपुर निवासी १८ वर्षका चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने तीन महिला छन्।

जिल्ला प्रहरी प्रमुख बेदबहादुर पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवलपरासी बौदीकाली गाउँपालिका वडा नम्बर ६ का २९ वर्षका चालक छन बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वाटकी मगर र बुलिंटार गाउँपालिकाकी १२ वर्षकी कररिश्मा ठाडा रहेका छन् । अन्य २ जनाको आइतबार दिउँसो ३ बजे सम्म सनाखत हुन सकेको छैन ।

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दल्दले बजारतर्फ आउँदै गरेको जीपमा दुर्घटना स्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको माँझडाडाबाट सुन्तलासहित स्थानीयहरु चढेका थिए ।

जिप एकदमै ओभरस्पिडमा भएकाले दुर्घटनामा परेको स्थानीयले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट