केन्यामा अल निनो वर्षाका कारण ४६ जनाको मृत्यु, हजारौं विस्थापित

काठमाडौँ — केन्यामा अल निनो वर्षाका कारण कम्तीमा ४६ जनाको मृत्यु भएको छ। आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको र भने हजारौं विस्थापित भएको बताएका छन्।
उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमुलगायतका क्षेत्र सबैभन्दा बढी प्रभावित भएको उनले वताए। केन्या सरकाले गारिसा, कितुई, ताना नदी नामक तीन काउन्टीहरूमा अलर्ट जारी गरेको छ।
ताना र आठ नदी विकास प्राधिकरण (टार्डा)ले लगातारको अविरल वर्षाका काण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनैपनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको छ । केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आँकलन गरेको छ ।
प्रतिक्रिया