ज्यान मार्ने कसुर र बालिका बलात्कार प्रयासमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

काठमाडौं– ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ।

प्रहरीको गोली लागेर बैजनाथ गाउँपालिका ११ का ३१ वर्षीय आकाश राना घाइते भएका छन्। रानाको दायाँ खुट्टामा गोली लागेको छ।

प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

कार्तिक ३० मा बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए।

तिहारको टीकाको दिन राति ३ बजेतिर रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ।

आकाश राना विरुद्ध कार्तिक २८ गते कोहलपुर नगरपालिका–११ मा ११ वर्षिया बालिकालाई बलात्कार प्रयास गरेको उजुरी समेत परेको छ। उनी लागुऔषध मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट