रौतहटमा सशस्त्र प्रहरीले यसरी बरामद गर्यो अत्याधुनिक हतियार

रौतहट– रौतहटको यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट सशस्त्र प्रहरीले ४ थान अत्याधुनिक हतियार बरामद गरेक छ।
सशस्त्र प्रहारीको इन्टेलिजेन्स ब्युरोले आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल बरामद गरेको हो।
घरमा हतियार लुकाएर राखिएको सूचनाको आधारमा ब्युरोले आइतबार दिउँसो सो घरमा खानतलासी गरेको थियो। बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ।
हतियार सहित मोबाइलको सोमकार्ड, मोबाइल, दशेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत बरामद भएको भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सो क्षेत्रमा थप अप्रेसन जारी छ। केही व्यक्ति घरभित्र ढोका थुनेर बसेको अबस्थामा रहेका सशस्त्रले जनाएको छ।
प्रतिक्रिया