भारतमाथि भारी पर्यो अस्ट्रेलिया, विश्वकप जित्न २४१ रनको मध्यम लक्ष्य

काठमाडौं- भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी विश्वकप क्रिकेट जित्न भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २४० रनमा अलआउट भएको छ।

१०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पु¥याएका थिए।

उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे। जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो।

कोहली ५४ र राहुल ६६ रनमा आउट भए। सातौं नम्बरमा ब्याटिङमा आएका सूर्यकुमार यादवले १८ रन बनाए।

बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए। उनले १० ओभरमा ५५ रन खर्चिए। जोश हजलउड र पाट कमिन्सले २ विकेट लिए। हजलउडले १० ओभरमा ६० रन र कमिन्सले १० ओभरमा ३४ रन दिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाले १–१ विकेट लिन सफल भए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट