श्रीदेवीका कारण अजय देवगनले गुमाएका थिए फिल्म ‘खुदा गवाह’

राजविराज– सन् १९९१ मा आएको फिल्म फूल और काँटेबाट बलिउडमा डेब्यू गरेका अजय देवगन बलिउडका टप एक्टर हुन् । उनको पहिलो फिल्म निकै हिट भयो।

त्यति बेलादेखि अहिलेसम्म उनले बलिउडका हरेक टप र लिड एक्ट्रेससँग काम गरेका छन्, एक जनालाई छोडेर। ती अभिनेत्री त्यति बेलाकी सबैभन्दा महँगी अभिनेत्रीमा पर्थिन्। अजयले काम गर्न नपाएका ती अभिनेत्री अरु कोही नभएर श्रीदेवी थिइन्। अहिले त श्रीदेवीको निधन भएको पनि साढे ५ वर्षभन्दा बढी भइसक्यो। तर उनीसँग काम नगर्नुको पछुतो अजय देवगनलाई बेला बेलामा भइरहन्छ।

कुनै बेला श्रीदेवीको क्रेज बलिउडमा यति धेरै थियो कि उनी बलिउडका ठूला कलाकारले भन्दा धेरै पारिश्रमिक लिन्थिन्। आफूले खेल्ने फिल्ममा को को खेल्छ, को खेल्दैन भन्ने फैसला समेत उनी आफैँले गर्थिन्। एउटा ब्लकबष्टर फिल्मबाट श्रीदेवीले अजयलाई निकालिदिएको आरोप पनि छ।

अमिताभ बच्चन, श्रीदेवी र नागार्जुनको फिल्म खुदा गवाहमा सुरुमा अजय देवगनलाई साइन गरिएको थियो। यो फिल्म अजयले बलिउडमा डेब्यू गरेको अर्को वर्ष अर्थात् १९९२ मा आएको थियो। तर श्रीदेवीले भनेकै कारण मेकरले अजयलाई फिल्मबाट निकालिदिए।

अजय देवगनको फिल्म दक्षिण भारतीय फिल्मका सुपरस्टार नागार्जुनलाई दिइयो। श्रीदेवी साउथबाटै आएकी थिइन्। साउथप्रति उनको मनमा धेरै लगाव थियो। आफूलाई श्रीदेवीकै कारण फिल्मबाट निकालिएको अजयले पनि मानेका थिए। त्यही भएर उनले कहिले पनि उनीसँग काम गरेनन्।

श्रीदेवीको मृत्यु सन् २०१८ मा दुबईको एक होटेलमा बाथटबमा डुबेर भएको थियो। त्यति बेला उनको उमेर ५४ वर्षको मात्रै थियो। श्रीदेवीको मृत्यु पछि अजयले उनीसँग काम नगरेको दुःख र पछुतो एकै चोटि व्यक्त गरेका थिए । ‘मैले उनीसँग कहिले पनि काम गरिनँ, तर उनी जस्तोखालको अभिनेत्री थिइन्, सानैदेखि म उनीसँग निकै प्रभावित थिए । मेरो उनीसँग जे पनि कुराकानी भएको थियो, उनी कस्तो खालको व्यक्ति हुन् भनेर मैले थाहा पाइसकेको थिएँ । मलाई लाग्दैन कि इन्डस्ट्रीमा कसैले पनि उनको स्थान लिन सक्छ । यस्तो खालको क्षति हो जो कहिले पनि पूरा हुने छैन,’ अजय देवगनले भनेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट