चार दिनदेखि वेपत्ता पत्रकारको शव कृष्णभिरमा भेटियो, कस्ले निकाल्यो आँखा ?

काठमाडौं– तीहार मनाएर चार दिनअघि स्यांजाबाट काठमाण्डौ हिडेका पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको छ। उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए।

उनको शव आज कृष्णभीरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। त्रिशुली नदीमा ¥याफ्टिङ गरिरहेका एक व्यक्तिले टाढाबाट शव देखेर प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि प्रहरीसहितको टोली घटना स्थल पुगेको थियो।

प्रत्यक्षदर्शीका अनुसार शवको एउटा आँखा नभएको र टाउको क्षतविक्षत रहेको अवस्थामा भेटिएको छ। शरीरमा सामान्य चोटपटक छ । उनको मोबाइल भने सुरक्षित भेटिएको जनाईएको छ।

परिवारका सदस्य शंका लागेका व्यक्तिविरुद्ध उजुरी दिने तयारी गरेका छन्। पत्रकार ढकाल तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए । भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेका थिए । तर, शुक्रबार १ बजेदेखि उनी सम्पर्कविहीन भए । त्यसपछि उनको खोजबिन सुरु भएको थियो।

लोकदोहोरी प्रतिष्ठान यूएई शाखाको पूर्वसहसचिव हुन्। उनी वैदेशिक रोजगारीका लागि दुबईमा छँदा सो जिम्मेवारीमा थिए। उनले करिब दुई दर्जन गीतमा अभिनय पनि गरेका छन्।

ढकालको दुई वर्षअघि श्रीमतीसँग पारपाचुके भएको थियो। उनीहरूका दुई सन्तान छन्। सन्तान आमासँग बस्दै आएका थिए। पारिवारिक कारणले ढकाल केही मानसिक तनावमा पनि थिए।

उनी विगत सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन विट हेर्नेगरी संवाददाताका रुपमा कार्यरत थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट