सँगै होटलमा छिरेकी महिलाको मृत्यु, पुरुष वेपत्ताः ६ जना पक्राउ

पोखरा– पोखराको नागढुंगास्थित एक होटलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत अवस्थामा फेला परेकी तनहुँ भिमादकी ३८ वर्षीया सुकु विकको मृत्यु हत्या आरोपमा उनीहरु पक्राउ परेका हुन।

२ वर्षदेखि स्थानीय शिला रेस्टुरेन्टमा काम गर्दै आएकी विकको अचेत अवस्थामा उद्वार गरिएको थियो। उपचारका लागि चरक मेमोरियल अस्पतालमा भर्ना गरिएकी उनको उपचारकै क्रममा साँझ करिब साढे ७ बजे मृत्यु भएको हो।

घटना शंकास्पद देखिएको भन्दै प्रहरीले अनुशन्धानका लागि ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको पहिचान प्रहरीले खुलाएको छ।

प्रहरीका अनुसार मंगलबार दिउँसो विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका थिए। कोठामा प्रवेश गरेको केही समयमै पुरुष बाहिरिएको र महिला साँझसम्म ननिस्किएपछि होटल सञ्चालकले खोजी गर्दा विक अचेत अवस्थामा फेला परेका थिइन् ।

कोठा बुक गर्दा परिचय खुल्ने कागज पनि नराखिएकाले प्रहरी अन्यौलमा परको छ। विकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट