केपी ओली कपमा बागमतीले एकेडेमी रेडलाई हरायो, सन्दीप एक्लैले लिए ४ विकेट

पोखरा– पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रेड’ लाई पराजित गरेको छ।

१ सय ८५ रनको लक्ष्य लिएर ब्याटिङ सुरु गरेको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रेड’ १४ ओभर २ बलमा ७५ रनमा समेटिएपछि बाग्मती प्रदेशले सहज जित निकालेको हो। एकेडेमी ‘रेड’ का लागि कप्तान अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक समान १३–१३ रनको योगदान दिए। निर्मल थापाले १०, सन्तोष यादवले १२ रन बनाए।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १६ रन खर्चेर ४ विकेट लिएका हुन। प्रतिश जिसी २, सुभाष खत्रीले ३ विकेट, रिजन ढकालले १ विकेट बाँडे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो। बागमतीका लागि ओपनर रित गौतमले सर्वाधिक ७४ रन बनाए भने शुभ कंसाकारले २७, सन्दीप लामिछानेले १८, गौरव खड्काले अविजित १७ र प्रतीक श्रेष्ठले १४ रनको योगदान दिए।

बलिङतर्फ एकेडेमी ‘रेड’ का विपर्सन केसीले ३ विकेट तथा सन्देश थापा र सन्तोष यादवले १–१ विकेट लिए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बिहिवारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता छ।

विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट