दुर्गा प्रसाईंका समर्थकद्वारा बैंकका सहायक म्यानेजरमाथि दुर्व्यवहार

दमक– मेडिकल ब्यवसायी दुर्गा प्रसाई समर्थक केही युवाले झापामा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी)का सहायक म्यानेजर दिनेश पनेरुलाई दुर्व्यवहार गरेका छन्।

प्रसाईं समर्थक देवी संग्रौलासहितको समूहले लोनको विषयबारे छलफल गर्नुपर्ने भन्दै बैंकबाट बोलाएर एक चिया पसल पु¥याई दुर्व्यवहार गरेका हुन।

चिया पसलबाट पनेरुलाई उनीहरले प्रसाईंको विर्तामोड स्थित बीएण्डसी अस्पताल लान खोजेका थिए। पनेरुले प्रतिवाद गरेपछि उनीहरु दुर्व्यवहारमा उत्रिएका थिए। घटनापछि प्रहरीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेको छ।

दुवै पक्षबीच छलफल भइरहेको र समस्या समाधानको प्रयास भईरहेको कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेश बास्तोलाले वताए। ‘विवाद के कारणले भएको हो, जबरजस्ती गर्न खोजिएको हो कि छलफल मात्रै हो’ भन्ने विषयमा प्रहरीले पनि अनुशन्धान गरिरहेको उनको भनाई छ।

बैंकका कर्मचारीमाथि जबरजस्ती गर्न खोजिएको देखिए कानुनी कारबाही हुने बास्तोलाले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट