बोर्डिङ स्कुलका शिक्षकले घरमै गएर ९ वर्षिया बालिकालाई निर्घात कुटपिट गरेपछि…

राजविराज– पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा एक बोर्डिङ स्कुलका शिक्षकले घरमै पुगेर ९ वर्षीया बालिकालाई निर्घात कुटपिट गरेका छन्।

सरावल– ७ बर्गदवास्थित बर्दघाट कालिका इंलिस स्कुलका शिक्षक निरञ्जन यादवले यसरी विद्यार्थीलाई निर्घात कुटपिट गरेका हुन्। उनको कुटपिटबाट कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभर गम्भिर घाईते भएकी छिन्।

विद्यालयको सहायक प्रधानाध्यापकसमेत रहेका यादवले लौरोले बालिकाको पिठ्युँमा निर्घात कुटपिट गरेका हुन्। बालिकाको शरीरमा राता–राता नील डामहरू छन्। बालिकाको घरमा गएर विद्यालय किन नआएको? भन्दै यादवले कुटपिट गरेको अभिभावकले वताए।

विद्यालय पुगेपछि पनि उनले लौरो र लात्तीले प्रहार गरेको उनीहरुको भनाई छ। बालिकालाई विद्यालयको माथिल्लो तलामा लगेर कुटपिट गरेपछि उनी तल्लो तलामा झर्नसमेत नसक्ने अवस्थामा पुगेकी थिईन।

साथीहरूको सहयोगमा बालिकालाई तल झारेका थिए। घटनापछि विद्यालयमा तालाबन्दी गरिएको छ। यादवले पटक–पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दै आएको स्थानीयहरूले बताएका छन्। उनीहरुले शिक्षक यादवलाई कडा कारबाही गर्न माग गरेका छन्।

बालिकिाको परिवारले प्रहरीमा यादव विरुद्ध उजुरी दिएको छ। यादवलाई कारवाही गरिने एसपी काजिकुमार आचार्यले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट