६ वर्षीया नाबालिका छोरीमाथि यौन दुर्व्यवहार गर्ने बुबा पक्राउ

चितवन– आफनै ६ वर्षिया छोरीमाथि यौन हिन्सा गरेको आरोपमा प्रहरीले पूर्वी नवलपरासीको कावासोतीका एक ब्यक्तिलाई पक्राउ गरेको छ।

तीन महिनादेखि श्रीमती घरमा नभएको मौका छोपेर ति पुरुषले ६ वर्षिया छोरीमाथि पटक पटक यौन हिन्सा गरेको प्रहरीले जनाएको छ। पीडित बालिकाले आफ्नो बुवाको व्यवहारका विषयमा सँगै पढ्ने साथीहरुलाई बताएपछि घट्ना प्रहरी समक्ष पुगेको हो।

विद्यालयका प्रधानाध्यापकका अनुसार आफ्नो कानमा उक्त कुरा परेपछि बालिकासँग बुझ्दा पटक पटक यौन हिंसा र यौन दुर्व्यवहार गरेको खुलेको थियो। त्यसपछि शिक्षक÷शिक्षिकाहरुले यस विषयमा प्रहरीलाई खबर गरेका हुन् ।

पीडित बालिकाकी आमा श्रीमानको यातना सहन नसकेर विगत ३ महिनादेखि घर छाडेर बाहिर काम गर्दै आएको स्थानीयले वताएका छन्। प्रहरीले आमालाई नै बोलाएर बालिका जिम्मा लगाइएको छ । अब बालिकाको स्वास्थ्य परीक्षण गरेर कारवाही प्रक्रियालाई अगाडि बढाउने प्रहरीको भनाई छ।

जिल्ला प्रहरी कार्यायल नवलपुरका एसपी नरहरी रेग्मीले घटनाको अनुसन्धान भईरहेको बताए। प्रारम्भिक अनुशन्धानमा बालिका माथि विभिन्न समयमा बुबाबाट यौन हिंसा भएको खुलेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट