देवानगञ्ज पूर्वअध्यक्ष तथा कांग्रेस नेता मेहताको हृदयघातका कारण निधन
इटहरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष लालीप्रसाद मेहताको गएराति निधन भएको छ।
६९ वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो। उनी नेपाली कांग्रेसका पुराना नेता हुन।
मेहतलाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो। उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्व जिल्ला सदस्यसमेत थिए।
मेहताको निधनले सुनसरी कांग्रेसलाई क्षति पुगेको कांग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले बताए। उनको आज परम्पराअनुसार मेहताको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया