अमेरिकामा जन्मदै राप्रपाको राष्ट्रवादः अमेरिकी सन्तान जन्माउन २ महिनाअघि नै रेखा थापा टाप

राजविराज– रंगीन दुनियाँ र लोभलाग्दो कमाइका कारण अमेरिका जान नचाहने सायदै कोही भेटिएला। अमेरिका जानु अहिले सवै नेपालीको सपना नै हो। त्यसैले जुनसुकै अवस्था ब्यहोरेर भएपनि अमेरिका छिर्न खोज्नेको संख्या धेरै छ।

हरेक नेपाली आफु अमेरिका छिर्ने र आफुसम्भव नभए छोराछोरीलाई भएपनि अमेरिका पठाउने चाहाना राख्छन्। अवस्थाको कुरा गर्ने हो भने सवै कुरा अनुकुल भएर अमेरिका छिर्न पाए नेपाल रित्तो हुन वेर छैन। तर, सवैका लागि यो सम्भव छैन। त्यसैले कोही डीभी चिठ्ठाको आसमा छन् भने कोही जोखिम मोलेर गैरकानुनी तरिकाले पनि अमेरिका पुगिरहेका छन्।

हुँदा हुँदा अव त राष्ट्रवादी पार्टी भनिएको पार्टीकी नेतृ रेखा थापा नै आफनो सन्ततीलाई अमेरिकी नागरिक बनाउन तातिएकी छिन्। नेपाली चलचित्रकी नायिका समेत रहेकी थापा अहिले वच्चा जन्माउन अमेरिका पुगिसकेकी छिन्।

जन्मको आधारमा सहजै अमेरिकी नागरिक बन्न पाउने त्यहाँको कानुनी ब्यवस्थाको फाइदा लिन उनी चिकित्सकले दिएको प्रसव मितिभन्दा दुई महिना अगाडि अमेरिका उडेकी हुन्।

अमेरिकामा जन्मिने बच्चा कानुनी रूपमा वयस्क नभएसम्म आमा–बुबासँग बस्न पाउँछन्। बच्चा जुन देशमा बसे पनि अमेरिकी सरकारले सो देशको दूतावासबाट मासिक तीन हजार भन्दा वढि अमेरिकी डलरमा भत्ता पनि दिन्छ।

वयस्क भएपछि आमा–बाबुको राष्ट्रियता अनुसारको नागरिकता लिने वा अमेरिकी नागरिक बन्ने निर्णय सम्बन्धित व्यक्तिकै हुन्छ। त्यही कानुनी प्रावधानको फाइदा लिन रेखा र उनका पति बलराम शाही अहिले अमेरिकामा छन्। उनी अमेरिका जानु अगाडि खिचाएको गर्भावस्थाको तस्बिर पनि सार्वजनिक भएको छ।

सेतोमा कालो बुट्टा भएको सारीमा बालकको आकार अङ्कित गरिएका फोटोहरु उनले मंगलबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेकी छिन्। रेखा अमेरिकामा ५ महिना बस्नेछिन्। चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका छन्।

रेखाले ०७८ माघमा इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग दोस्रो विवाह गरेकी थिईन। यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १ दशक अघि सम्बन्धविच्छेदमा टुंगिएको थियो।

विवाहअघि रेखा र शाही केही प्रेम सम्बन्धमा थिए। ०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले एकदशकसम्म चलचित्र क्षेत्रमा राज गरिन्। हाल भने उनी चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छिन्। शाही भने पर्यटन व्यवसायी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट