सभामुखलाई टार्गेट गरेर शंकास्पद व्यक्ति दौडेपछि भारतको लोकसभामा हंगामा

काठमाडौं– भारतको केन्द्रीय संसद लोकसभा बैठक चलिरहेका बेला एक शंकास्पद व्यक्ति अचानक बैठक हलमा दौडिएपछि संसदमा हंगामा भएको छ।

भिडिओमा देखिए अनुसार एकजना व्यक्ति सांसदको बीचबाट कुर्सीको माथि माथि कुद्दै सभामुखको कुर्सीतर्फ बढेको देखिन्छ। अर्का व्यक्तिले आफनो साथबाट एउटा सामान निकालेपछि बैठक कक्षमा धुवाँ फैलिएको पनि देखिन्छ।

त्यस बेला पश्चिम बंगालका बीजेपी सांसद खानेन मुर्मू बोलिरहेका थिए। यही बेला अचानक यस्तो घट्ना भएपछि संसदमा होहल्ला भएको थियो। सुरक्षाकर्मीले दुवैलाई पक्राउ गरे पनि संसदको सुरक्षालाई लिएर सांसदहरुले हंगामा मच्चाएका छन्।

शंकास्पद व्यक्तिलाई पक्राउ गरी सोधपुछ थालिएको छ। लोकसभा सभामुख ओम बिडलाले यसको छानबिन हुने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट