हवाई फायर गर्दै सहकारीको ५ लाख लुटपाट, प्रहरी भन्छ– खोज्दैछौं

राजविराज– सर्लाहीको हरिपुर्वा–५ स्थित जयगंगा बचत तथा ऋण सहकारी संस्थाको ५ लाख रुपैयाँ विहिवार लुटपाट भएको छ।

नम्बर नखुलेको अप्याचे मोटरसाईकलमा आएका दुई जना हतियारधारीले गोली पड्काउँदै रकम लुटपाट गरेको जनाईएको छ। लुटेराको पहिचान भएको छैन।

प्रहरीका अनुसार सहकारीको बसन्तपुर स्थित शाखा कार्यालयका लागि एनआईसी एशिया वैंकबाट उक्त रकम निकालिएको थियो।

हरिपुर्वास्थित एनआईसी बैंकबाट रकम लिन सहकारीका शाखा प्रबन्धक रामनाथ राय र कर्मचारी नीरा राय गएका थिए। उनीहरुले बैंकबाट रकम झिकेर ना १५ प ९८९२ नम्बरको मोटरसाईकलबाट शाखा कार्यालयतर्फ जाने क्रममा हरिपुर्वा–६, हनुमान चोक नजिकै लुटपाट भएको सहकारीले जनाएको छ।

सहकारीका अध्यक्ष गणेश कुमार यादवका अनुसार मोटरसाइकलमा सवार दुई जनाले कर्मचारीलाई रोकेर पैसाको झोला मागेका थिए। उनीहरुले झोला दिन नमानेपछि लुटेरा समूहले हवाई फायर गरेर नगद बोकेको झोला लिएर गएका हुन। लुटेरा समुह महोत्तरीतर्फ फरार भएको उनले बताए।

सर्लाही प्रहरीका डीएसपी दीपेन्द्र पंजियारले लुटपाटमा संलग्नको खोजी तीव्र पारिएको जनाएका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट