मलेसियामा सहकर्मी नेपालीको हत्या गरेर भागेका युवक काठमाडौँमा पक्राउ

काठमाडौँ– मलेसियामा सहकर्मी नेपालीको हत्या गरेर फरार भएका महोत्तरीका एक युवक काठमाडौंमा पक्राउ परेका छन्।

महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका २४ वर्षीय अनिल कुमार साहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

उनले २५ मंसिरमा झापाको शिवसताक्षी नगरपालिका–३ घर भएका ४० वर्षीय धनबहादुर प्रधानको हत्या गरेको आरोप छ। प्रधान र आरोपी साह एक वर्षदेखि मलेसियामा एउटै कम्पनीमा कार्यरत थिए।

मलेसियामै कार्यरत मृतकका आफन्तले दिएको सूचनाका आधारमा आरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मुलुकी अपराध संहिताले दिएको बहुक्षेत्रीय अधिकार प्रयोग गरेर प्रहरीले इन्टरपोल मार्फत मलेसियन प्रहरीसँग समन्वय गरी घट्नाको अनुसन्धान थालेको छ।

आरोपीलाई जिल्ला अदालत काठमाडौँले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट