जीतपुर सिमरा ३ का वडाध्यक्ष ५ लाख घूससहित पक्राउ

राजविराज– बाराका एक जना वडाध्यक्ष ५ लाख घुससहित पक्राउ परेका छन्।

जीतपुर सिमरा नगरपालिका–३ का अध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको हो।

कार्की ५ लाख रुपैयाँ घूससहित पक्राउ परेको अख्तियारले जनाएको छ। वडाध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरिएको हो।

सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत ५ लाख लिएको इलाका प्रहरी कार्यालय सिमराले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट