चीनमा शक्तिशाली भूकम्प जाँदा १११ जनाको मृत्यु
काठमाडौं– चीनको उत्तरपश्चिम क्षेत्रमा सोमबार शक्तिशाली भुकम्प गएको छ। राति गएको भूकम्पमा परेर एकसय भन्दा बढीको मृत्यु भएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले चीनको उत्तरपश्चिम क्षेत्रमा ६.२ रेक्टरस्केलको भूकम्प गएको जनाएका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण भवनहरु भत्किँदा कम्तीमा १११ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले जनाएका छन्। दुई सय भन्दा धेरै घाइते भएका छन्।
भूकम्पको कारण भत्किएका भौतिक संरचनाको भग्नावशेषमा धेरै पुरिएको आशंका गरिएको छ। छिमेकी प्रान्त क्विङहाईको हाइडोङ सहरमा ११ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।
युएसजीएसका अनुसार यो भूकम्प लिनक्सिया चेङगुआन्जेनबाट करिब २३ माईल पश्चिम उत्तरपश्चिममा ६ माइलभन्दा कम गहिराइमा गएको थियो।
प्रान्तीय राजधानी लान्झाउ भूकम्पको केन्द्रबिन्दुबाट करिब ६० माइल टाढा छ।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

