प्रहरी हिरासतमा थुनुवाको मृत्यु, हत्या भएको भन्दै प्रदर्शन, प्रहरीको गोलीबाट एक घाइते

जनकपुर– धनुषामा प्रहरीको हिरासतभित्र रहेका एक जना थुनुवाको मृत्यु भएको छ। हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको इरासतभित्र रहेका थुनुवाको गए राति मृत्यु भएको हो।

सुगा निकासका दीपनारायण मण्डलको मृत्यु भएपछि परिवार तथा आफन्त आक्रोशित छन्। प्रहरीले कुटपिट गर्दा मण्डलको मृत्यु भएको भन्दै उनीहरूले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ। डिएसपी रञ्जन अवालेका अनुसार एक राउण्ड हवाई फायर गरिएको हो। गोली लागेर हंसपुर नगरपालिकाका ५ का ३६ वर्षिय शिवशंकर मण्डल घाइते भएका छन्। उनको हातमा गोली लागेको छ।

घाइते मण्डलको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश सक्सेनाका अनुसार छिमेकीसँग झै–झगडा हुँदा दिपनारायणलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

विपक्षीले इलाका प्रहरी कार्यालयका प्रमुख बालमुकुन्द ठाकुरलाई ‘पैसा खुवाएर’ निर्घात कुट्न लगाउँदा दीपनरायणको मृत्यु भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट