नवसामन्ति तँलाई ढाल्न नगरा बज्दैछ

खा ! ए घिच्चन कति खान्छस् खा
अपच होस् खा ! दाह्रा नंग्रा गाडेर खा
नेपाली सन्ततिको भविष्य
चिथोरेर खा ! निचोरेर खा !
तँ १२ बुँदे , लुट्नलाई नै जन्मिएको
नेपाली अस्मिता बेचेरै खा
तैले अरू जानेकै के छ र
देशलाई रित्तो पारेर खा !
धमिजा, लाउडा त पचाइस हैन
बाइडबडी र ललिता निवास पनि खाइस
१०० किलो सुन र पशुपतिको जलहरी खाइस
हन्तकाले, केहि बाँकी नराखी खाईस्
भुटानी शरणार्थीको नाममा खाइस
एनसेलले दिनुपर्ने ६० अरब खाइस
१२ बुँदे एक अर्कामा गाली गरेझै गर्दै
अँध्यारोमा गुपचुप मिलेर खाइस्
उद्योग धन्दा कारखाना खाइस
कर्णधारको रोजगारी खाइस
धर्म खाइस, स्वाधिनता खाइस
सबै खोक्रो पारेर निर्लज्ज खाईस
अहिले गाऊँ शहरमा तेरै चर्चा चल्दैछ
नवसामन्ति तँलाई ढाल्न नगरा बज्दैछ
नेपाली मस्तिष्क विस्तारै जाग्दैछ
पानीले पनि अब आगो ओकल्दैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट