यौन सम्पर्क गर्न नदिएको रिसले युवतीलाई तातो पानीमा चोबल्ने ३ जना पक्राउ
काठमाडौं– यौन सम्पर्क गर्न नदिएको रिसमा एक दलित युवतीलाई पानी उम्लिरहेको भाँडोमा फाल्ने ३ जना पक्राउ परेका छन्। भारतको उत्तर प्रदेशस्थित बागपतको बिनौली क्षेत्रमा यो घट्ना सार्वजनिक भएको हो।
युवतीका दाइले आफ्नी बहिनीले बलात्कार हुनबाट जोगिन खोज्दा ती ब्यक्तिले उम्लिएको पानीमा हालिदिएको आरोप लगाएका छन्। यो घटनामा प्रहरीले तीन जनाविरुद्ध जाहेरी दर्ता गरेको बीबीसी हिन्दीले जनाएको छ।
बिनौली प्रहरी चौकी इन्चार्ज एमपी सिंहका अनुसार मुजफ्फरनगरको एक परिवार बिनौलीस्थित क्रसरमा मजदुरका रूपमा काम गर्छ। शनिबार यस मजदुर परिवारकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको उजुरी प्राप्त भएको उनले बताए।
‘उनलाई पानी उम्लिरहेको भाँडोमा धकेलिएको रिपोर्ट पनि आएको छ’– उनले भने। युवतीलाई घाइते अवस्थामा उपचारका लागि उच्च केन्द्रमा रिफर गरिएको जानकारी उनले दिएका छन्। ‘आरोपितविरुद्ध मुद्दा दर्ता गरी सबैलाई पक्राउ गरिएको छ। अनुसन्धान जारी छ।’– सिंहले भने।
यस घटनाका मुख्य अभियुक्त २४ वर्षीय सन्दीप हुन्। उनी छिमेकी गाउँका बासिन्दा हुन्। साथै यो प्रकरणमा क्रसर सञ्चालक राजु र सोनुको नाम पनि मुछिएको उनले बताए।
लोकप्रिय
ताजा अपडेट
केपी ओली पक्राउ परेपछि पूर्वसचिव भीम उपाध्यायको ‘खुच्चिङ’—आफ्नै गिरफ्तारी सम्झँदै कानुनी प्रक्रियाको पाठ
