भारतीय नागरिकलाई लक्षित गरेर सप्तरीमा वढ्दैछ यौन ब्यवसाय, ७ जना पक्राउ

राजविराज– अशिक्षा, वेरोजगारी र अन्य विभिन्न कारणले नेपालमा यौन ब्यवसाय फस्टाउँदै गएको छ। कानुनले वर्जित गरेपनि कतिपय होटलहरुले प्रहरीको नाकै मुनी यो धन्दा चलाउँदै आएको छन।

केही अपवाद छोडेर हिन्दी फिल्महरुमा देखाइने कोठी भएको गल्लीभन्दा कम छैनन्, अहिले नेपालका होटल तथा लजहरु। गाउँबाट आउने जोडिहरुलाई घण्टाको हिसावले कोठा उपलब्ध गराउने यी होटलहरु स्थानीयको नजरमा वद्नाम छन्।

तर, स्थानीय प्रहरी/प्रशासनले आँखा चिम्लँदा यो धन्दा फस्टाउँदै गएको छ। ‘लेनदेन भएर हो या धेरै झन्झट लिन नचाहेर हो’ प्रहरीले यस्ता विषयमा खासै चासो लिँदैन। तर, वेला–बेलामा भने प्रहरीले होटलहरुमा खानतलासी गरेर कतिपयलाई पक्राउ गर्ने गरेको छ।

स्थानीयका अनुसार हिसावमा कुरा नमिल्दा प्रहरीले चेतावनी स्वरुप कतिपय अवस्थामा होटलको चेकजाँच गर्छ। कुरा मिलिसकेपछि फेरी त्यसले निरन्तरता नपाएको उनीहरु बताउँछन्।

यौन ब्यवसाय/देहव्यापार अहिले नेपालमा वजार क्षेत्रदेखि गाउँसम्मै सुरु भईसकेको छ। यौन प्यास मेटाउन भारतीय नागरिक समेत नेपाल आउने गरेका छन्। सप्तरी प्रहरीले शुक्रबार राती देहब्यापार गरेको भन्दै २ महिलासहित ७ जनालाई पक्राउ गर्दा दुई जना भारतीय नागरिक पनि परेका छन्।

डाक्नेश्वरी नगरपालिका–५, पातो स्थित कुनाल कोल्ड स्टोर एण्ड होटेलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यौन व्यवसाय गरेको सूचनाका आधारमा छापा मारेर २ महिलासहित ७ जनालाई पक्राउ गरिएको सप्तरी प्रहरीका डिएसपी ढुण्डीराज नेउपानेले बताए।

होटल सञ्चालक भने फरार भएकाले खोजी भईरहेको नेउपानेले जानकारी दिए। प्रहरीले यसअघि १० मंसिरमा देह ब्यापार गराको आरोपमा सप्तरी सदरमुकाम राजविराज–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक राजविराज–६ का ५७ वर्षिय अरुणचन्द्र मिश्र र गेष्ट हाउसका म्यानेजर महादेवा गाउँपालिका–२ का ४१ वर्षिय रामप्रकाश मण्डललाई पक्राउ गरेको थियो।

र, यो पनि

यौनधन्दा सञ्चालन गर्ने राजविराजको लक्ष्मी गेष्ट हाउसका सञ्चालक र म्यानेजर पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट