विवाह गर्दै रश्मिका र विजय देवरकोन्डा, यसरी सुरु भयो यीनीहरुको सम्वन्ध

काठमाण्डौं– दक्षिण भारतीय चर्चित अभिनेत्री रश्मिका मन्दना विवाह गर्ने तयारीमा लागेकी छिन्। उनले अभिनेता विजय देवरकोन्डासँग बिहे गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
रश्मिका र विजय बेहुला–बेहुली भएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। तर, उनीहरुले विहे भने गरेका होइनन्।
यी दुवै गीता गोनिन्दम फिल्मको सुटिङको बेला एकअर्काको नजिक भएका थिए। यो फिल्मपछि विजय र रश्मिका डियर कमरेडमा देखिएका थिए। यो फिल्मले दर्शकको मन खासै जित्न सकेन। लामो समयदेखि यी दुईले एक अर्कालाई डेट गरिरहेको खबर आइरहेको थियो।
रश्मिका हरेक चाडपर्वमा विजयको घर जाने गरेको हल्ला पनि चलिरहेको छ। केही समयअघि दुवै मल्दिभ्समा छुट्टी मनाउन गएको खबर पनि आएको थियो। उनीहरुको फेब्रुअरीको दोस्रो हप्ता इन्ङगेजमेन्ट हुँदैछ। अहिलेसम्म विजय र रश्मिका कसैले पनि आफूहरूको सम्बन्धबारे बोलेका छैनन्।
विजय हालै मात्र सामन्था रुथ प्रभुको साथमा खुसी फिल्ममा देखिएका थिए। अब उनी निर्देशक परशुराम पेटलाको फिल्म ‘फ्यामिली स्टार’ मा देखिनेछन्। त्यस्तै उनी फिल्म ‘भिडी १२’ को तयारीमा छन्।
रश्मीका पुस्पा–२ मा ब्यस्त छिन्। यतिबेला रश्मिका अभिनीत फिल्म ‘एनिमल’ प्रदर्शन भइरहेको छ। यसबाहेक उनी रेम्बो नामक तेलुगु फिल्मको पनि हिस्सा बनेकी छिन्।