कारागारमा बम्जनलाई छुट्टै खानाः लसुन, प्याज र बेसार दिईएन

सर्लाही– बाल यौन शोषणको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका कथित ‘तपस्वी’ रामबहादुर बम्जनलाई कारागार प्रशासनले लसुन, बेसार र प्याज नभएको खाना दिईएको छ।

वम्जनले अन्य कैदी–बन्दीले खाने गरेको खाना खान अस्वीकार गरेपछि उनलाई कारागार प्रशासनले छुट्टै खाना दिएको हो। ‘उनले गएराति अरु कैदी बन्दीलाई बनाएको खाना खान मानेनन्,’ जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले भने, ‘मलाई छुट्टै खाना बनाएर दिनु भनेपछि हामीले बेसार, लसुन, प्याज नहालेको दाल, तरकारी दियौं।’

आफूले बिहान कारागारमै गएर बम्जनलाई भेटेको उनले बताए। उनी आफैले प्याज, लसुन र वेसार नखाने भनेको जेलर साहले वताए। ‘मसँग उनले अरु कैदीबन्दीलाई बनाएको खाना आफूलाई नदिन आग्रह गरेका छन्,’ साहले भने, ‘यहाँ उनीजस्ता (जोगी) ५÷७ जना कैदी छन्। अब हामी बम्जनलाई पनि तिनै जोगीलाई बनाएको खाना दिन्छौँ।’

साहका अनुसार बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार पुगेका बम्जनलाई अरु कैदीबन्दीसँगै राखिएको छ। उनलाई कुनै विशेष सुविधायुक्त ठाउँ दिईएको छैन। जलेश्वर कारागारमा कुनै सुविधायुक्त कोठा पनि नरहेको उनले वताए।

बिहान आफूले कुरागर्दा बम्जनलाई शान्त देखेको जेलर साहले बताए। गएको मंगलबार काठमाडौँबाट पक्राउ परेका बम्जनलाई बिहीबार राति प्रहरीले सर्लाही पु¥याइएको थियो। बिहीबारै सर्लाही जिल्ला अदालतमा पेस भएका बम्जन पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागार लगिएको हो। एक किशोरीलाई सर्लाहीको पत्थरकोट आश्रममा बस्दा बम्जनले बलात्कार गरेको अभियोग छ। पीडितका अनुसार घटना २०७३ साल साउन २० गते रातिको हो। उनी २०७१ सालदेखि बम्जनको आश्रममा आनी बनेर बसेकी थिइन्। तर त्यसको दुई वर्षपछि २०७३ साउन २० गते राति ९ः१० बजेको समयमा बम्जनले उनलाई ललाई फकाई प्रलोभनमा पारेर बोलाएर आफू सुत्ने कोठामा लगे।

कोठाको ढोकाको चुक्कुल लगाएर प्लास्टिकको कार्पेटमा लडाएर उनलाई रुन कराउन समेत नसक्ने गरी मुख थुनेर, डर, त्रास धम्कि दिएर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। त्यसपछि पनि पीडित एक्लै भएको मौका छोपि पटक पटक यौन सम्पर्क राखि यौन सन्तुष्टि प्राप्त गरेको तथा बाल यौन शोषण गरेको आरोप छ।

१८ वर्षकी ती किशोरीले आफूमाथि पटक पटक यौन शोषण गरेपछि आफू आश्रमबाट भागेको बताएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट