दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात, जुत्ता पसले पक्राउ

काठमाडौं– मेडिकल ब्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ। बाग्लुङमा आयोजित एक सभालाई सम्बोधन गर्न पुगेका प्रसाईलाई बागलुङको लोकतान्त्रिक चोकमा हातपात भएको हो।
उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतम हुन। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको इन्स्पेक्टर वसन्तबहादुर भुजेलले जानकारी दिए।
यसअघि प्रसाईंलाई २२ असोजमा राजधानीको एल्लो प्योगोडा होटलमा कालोमोसो दलिएको थियो। प्रसाईंले राष्ट्रलाई लुटेर धनी भएकाहरूको नाम तथा फोटो सार्वजनिक गर्ने भन्दै पत्रकार सम्मेलन गरेका थिए।
सोही पत्रकार सम्मेलनका क्रममा उनलाई कालोमोसो दलिएको थियो। उनले एमाले कार्यकर्तामाथि आरोप लगाएका थिए।
प्रतिक्रिया