एमाले नेता महेश वस्नेतले सन्दीप लामिछानेको बलात्कार मुद्दा फिर्ता लिनुपर्छ भनेपछि…

राजविराज– नेकपा एमालेका चर्चित मध्येका नेता महेश बस्नेतले बलात्कार मुद्दामा दोषी ठहर भई ८ वर्ष जेल सजाय तोकिएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने बताएका छन्।

एमालेका केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा संघका इन्चार्जसमेत रहेका बस्नेतले गत बुधबार राष्ट्रिय युवा संघले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो धारणा राखेका हुन। तर, उनको यो अभिब्यक्तिसहितको भीडीयो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।

उनले क्रिकेट खेलबाट संसारभर नेपाललाई चिनाएका सन्दीपविरुद्ध अन्तर्राष्ट्रिय शक्ति नै लागेको आशंका गर्दै क्रिकेटको उन्नतिका लागि पनि सरकारले उनीविरुद्धको मुद्दा फिर्ता लिनेसम्म सोच्नु पर्ने सुझाव दिएका छन्। उनले सन्दीप र पीडित भनिएकी किशोरी दुवैलाई अन्याय नहुने गरी आवश्यक कदम चाल्नु पर्ने वताएका छन्।

‘यो बारेमा मलाई लाग्छ, अदालतले अझ रिभ्यु गरोस्। उच्च अदालतमा यो विषय जाँदै छ। अभियोजनकर्ता नेपाल सरकार, नेपाल प्रहरी, सरकारी वकिलको कार्यालय लगायतका कार्यालयहरूले पनि यसलाई रिभ्यु गरून’ बस्नेतले भनेका छन्, ‘क्रिकेट गेमको उन्नति–प्रगतिका लागि र सन्दीपलाई अन्यायमुक्त गराउने सन्दर्भमा परिआउँदाखेरि नेपाल सरकारले मुद्दा फिर्ता लिने तहसम्म पनि सोच्नुपर्छ भन्ने लाग्छ।’

बलात्कारसम्बन्धी वर्तमान कानुनका कारण महिलाले पुरुषलाई दुःख दिएका घटना पनि सार्वजनिक भइरहेकाले कानुन नै संशोधन गर्नेतर्फ पनि विचार गर्न एमाले नेता बस्नेतले सरकारलाई आग्रह गरेका छन्।

‘हामीले जुन ढंगले कानुन बनायौँ…बलात्कारका सन्दर्भका परिभाषा, त्यसका हदम्यादलगायत धेरै विषयवस्तु अलि व्यावहारिक भएनन् कि? यो चार÷पाँच वर्ष अभ्यासका क्रममा हनी ट्रयापिङ गर्ने, अनेक खालका कतिपय महिलाहरूले पुरुषहरूलाई दुःख दिने, अप्ठ्यारोमा पार्ने विभिन्न खालका घटना हाम्रासामु प्रकट भएका छन। यसका अनुभवका आधारमा संशोधन गर्ने तहसम्म पनि गर्दा राम्रै होला भन्ने लाग्छ मलाई।’–उनले भनेका छन्।
यस्तो छ उनको भनाई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट