काठमाडौं जाँदै गरेको बस गुडिरहेकै अवस्थामा दनदनी आगो लाग्यो

धादिङ- भैरहवाबाट काठमाडौं जाँदै गरेको बसमा आगलागी भएको छ। आज विहान साढे २ बजे गुडिरहेको बसमा आगलागी भएको हो।

धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा लु १ ख ९१९० नम्बरको यात्रुवाहक बसमा एक्कासी ब्याट्री सर्ट भई बसको पछाडि भागको डिक्किमा आगलागी भएको छ। बसको पछाडी भागमा र बायाँ साइडमा क्षति भएको छ।

बसको डिक्कीमा भएको सामानमा क्षति पुगेको र आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। कार्यालयका अनुसार बस अहिले चालिसेमै रहेको छ भने मानवीय क्षति भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट