अस्पतालमा भर्ना रहेको विरामी क्यानोलासहित एम्बुलेन्स चढेर धामीकोमा पुगेपछि… (भिडिओ)

काठमाडौं– अस्पताल र डाक्टर भन्दा धामीझाँक्रीको वढि विश्वास भएपछि राजधानीमै उपचाररत एक बिरामी हातमा लगाइएको स्लाइनपानीको क्यानोलासहित एम्बुलेन्समा चढेर धामीकहाँ पुगेका छन्।

ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचाररत बिरामी नरबहादुर गुरुङ आइतबार यसरी धामीकोमा पुगेका हुन। उनी २३ दिनदेखि अस्पतालमा भर्ना थिए। २१ पुसमा अस्पतालमा भर्ना भएका उनी आईतबार अस्पतालबाट निस्किएर आफूलाई धामीझाँक्री बताउने प्रकाश भुजेलकहाँ पुगेका हुन्।

गुरुङ स्लाइन पानीको क्यानोला नखोली एम्बुलेन्समा चढेर भुजेलको जोरपाटीस्थित निवासमा पुगेका थिए। उनको साथमा एकजना हेल्थ असिस्टेन्टसमेत रहेको जनाईएको छ। उनले भुजेलसँग ‘अस्पतालले २३ दिनमा निको बनाउन नसकेको’ बताए।

त्सपछि झारफुक गरेका भुजेलले गुरुङको ढाडको समस्या आफूले केही बेरमै निको पारेको दाबी गरे। उनले गुरुङलाई ठिक पारेको भन्दै भिडिओ पनि बनाएर राखेको जनाईएको छ। भिडिओमा भुजेलले गुरुङसँग अन्तर्वार्ता लिएका छन्।

भुजेलले अस्पतालमा एन्टिबायोटिकले निको बनाएको बिरामी आफूले फुकेर निको बनाएको बताउँछन्। आफ्नो अस्पतालमा उपचाररत बिरामी स्वास्थ्यकर्मीसहित धामीकहाँ पुगेको भिडिओ भाइरल भएपछि बीएन्डबीले भने विज्ञप्ति निकालेर मंगलबार स्पष्टीकरण नै दिएको छ।

अस्पताल प्रशासनले उपचाररत गुरुङले आइतबार डिस्चार्ज नभइ अन्यत्र जानुपर्ने बताएको जनाएको छ। अस्पतालबाट डिस्चार्ज नगरेको अवस्थामा गुरुङलाई त्यहीँको एम्बुलेन्समा राखेर एकजना हेल्थ असिस्टेन्ट पनि दिएर बाहिर पठाइएको बीएन्डबीले उल्लेख गरेको छ।

बीएन्डबीले ती बिरामीको समस्याको उपचारका क्रममा पहिचान भइसकेको पनि जनाएको छ। ‘उहाँको मेरुदण्डमा संक्रमण भएको छ। जाँचमा के किटाणुले गर्दा संक्रमण भएको भन्ने पनि पक्का भइसकेको छ।’– अस्पताले भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट