परपुरुष प्रतिको आशक्तिले टिकाको ज्यान गयो, श्रीमती खोसेको रिसमा आर्यानमाथि खुकुरी प्रहार (भीडीओसहित)

काठमाण्डौं– सल्यानको कपुरकोट–६ का ३६ वर्षीय शालिकराम वुढाथोकीको जीवनमा शुक्रबार विहान अचानक उथलपुथल भयो। देश र जनताको सुरक्षाको कसम खाएर नेपाली सेनामा भर्ना भएका वुढाथोकी आफै प्रहरी नियन्त्रणमा पुगे।

ज्वालादल गण बारामा अमल्दार पदमा कार्यरत उनको जिवन एक महिना अघिसम्म सहज रुपमा चलिरहेको थियो। श्रीमती र ७ वर्षका छोरासँग उनी खुसी थिए। उनीहरुको खुसीकै लागि उनले श्रीमती २७ वर्षीया टिका रावत र छोरालाई दाङको तुलसीपुर उपमहानगरपालिका–६ राप्तीटोल (सुकौरा रोड) डेरामा राखेका थिए।

जागिरकै शिलसिलामा उनले शान्ति मिसनको अवसर पाए। उनी खुसी हुँदै मिसनमा गए र एक महिनाअघि विदामा नेपाल फर्किए। प्रहरीका अनुसार शालिकराम शान्तिसेनामा गएपछि टीका नेपाली सेनाकै अर्का जवान २९ वर्षीय आर्यान थापासँगको उठबसमा थिइन्। अछाम घर भएका आर्यन नेपाली सेनाको तुलसीपुरस्थित १९ नम्बर बाहिनीका सिपाही हुन्।

यो कुरा शालिकरामलाई थाहा भयो। त्यसपछि उनीहरुको बीचमा विवाद भयो। अन्ततः शालिकराम र टीका १४ जेठमा छोडपत्र गरेर अलग भए। तर, श्रीमती अर्कैसँग लागेको कारणले शालिकराम आक्रोशित थिए। छोडपत्र गरे पनि उनी टीकासँग बदला लिने योजनामा लागे।

शालिकरामसँग छोडपत्र भएपछि टिका अर्यानसँगै बस्न थालेकी थिईन। टीकासँग आफू सँगै बस्दै आएको आर्यानले प्रहरीसँग बयान पनि दिएका छन्। आर्यन टिकासँग बिहेको तयारीमा थिए। यता, शालिकराम र टिकाको कागजी रुपमा छोडपत्र भएपनि आर्थिक पाटो मिलाउन बाँकी थियो।

त्यही लेनदेन मिलाउन भन्दै शालिकराम शुक्रबार बिहान टीकाको कोठामा पुगेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापाका अनुसार टीकाको कोठामा बाँकी लेनदेन मिलाउन पुगेका शालिकरामले त्यहीँ विवाद सुरु गरे। झगडा परेपछि टीका ज्यान जोगाउन भागेर छिमेकीको कौसीमा चढिन।

तर, शालिकरामले छिमेकीको कौसीमै चढेर टीकामाथि खुकुरी बर्साए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएर ढलेकी टीकालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो। तर उनले बिहान ९ बजे सन्सार छोडिन।

शालिकराम यतिमा मात्रै रोकिएनन्। उनले टिकासँग वस्दै आएका आर्यनलाई पनि खुकुरी प्रहार गरे। उनको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ। अहिले उनी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत छन्।

आफुमाथि खुकुरी प्रहार भएपछि घाईते भएका आर्यान ज्यान जोगाउन भागे। त्यसपछि शालिकराम हातमा खुकुरी बोकेर त्यहाँबाट हिडेका थिए। उनलाई प्रहरीले उच्च अदालत तुलसीपुर नजिकबाट खुकुरीसहित पक्राउ गरेको हो। उनले टीकाको हत्या गरेको प्रहरी सामु स्वीकार गरिसकेका छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट