उपेन्द्र र सीकेको प्रतिष्ठाको लडाईले राजविराजमा झडप, शिक्षा मन्त्रीले खाए प्रहरीको लाठी (भिडियो)

राजविराज– मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रमका मधेश सरकारको विचित्र कृयाकलाप देखिएको छ। एकातर्फ मुख्यमन्त्री सरोजकुमार यादव पार्टी अध्यक्ष उपेन्द्र यादवसँग भवन शिलान्यासमा थिए भने उनकै शिक्षामन्त्री विरोधमा प्रदर्शन गरिरहेका थिए।

त्यसक्रममा प्रहरी र जनमत पार्टीका नेता कार्यकर्ताबीच झडप भएको छ । कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले विरोध गरेका हुन्।

यादव मञ्चमा पुगेर कार्यक्रम सुरु भएपछि जनमतबाट निर्वाचित भएर प्रदेश सरकारको शिक्षामन्त्री रहेका महेशप्रसाद यादव र सतिशकुमार सिंहको नेतृत्वमा जनमतका कार्यकर्ताले नाराबाजी गरे। सोही क्रममा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप भयो। प्रहरीले लाठीचार्ज गर्दा प्रदेश सरकारका शिक्षामन्त्री यादवसमेत सामान्य घाईते भएका छन्।

मञ्चबाट प्रहरीले तितरबितर पारेपछि मन्त्री यादवसहित जनमत कार्यकर्ताले मञ्चनजिकै नाराबाजी गरे।

विश्वविद्यालयको शिलान्यास कार्यक्रममा कसलाई प्रमुख अतिथि बनाउने भन्ने विषयमा जसपाबाट निर्वाचित मुख्यमन्त्री सरोजकुमार र जनमतबाट निर्वाचित शिक्षामन्त्री महेशबीच मतभेद भएको थियो।

शिलान्यासका क्रममा शिक्षा मन्त्री एवं विश्वविद्यालयका सहकुलपति रहेका महेशप्रसाद यादव पनि विरोध प्रदर्शनमा सहभागी थिए। सांसदहरू भाग्यसिंह चौधरी, रञ्जुकुमारी मण्डल, सतिशकुमार सिंह माथि पनि लाठीचार्ज भएको जनाईएको छ।

सप्तरीका डीएसपी ढुण्डिराज नेउपानले भने कोही पनि घाइते नभएको बताए।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट