कार्यालयमै रासलिला गरेका प्रशासकीय अधिकृतलाई सरुवा भएको गाउँपालिकाले पनि फिर्ता पठायो
इलामको माइजोगमाई गाउँपालिकामा लेखा अधिकृतसँग कार्यालयमै अश्लिल हर्कत गरेर भाईरल भएका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईलाई सरुवा भएको पालिकाले समेत हाजिर गर्न रोक लगाएको छ।
राई झापाको बाह्रदशी गाउँपालिकामा सरुवा भएका थिए। भदौ १४ गते हाजिर भएका राईलाई बाह्रदशीले हाजिर गर्न रोक लगाएको छ । आईतवार वसेको कार्यपालिका बैठकले विबादित अधिकृत राईलाई फिर्ता पठाउने निर्णय गरेको अध्यक्ष देविन्द्र चम्लागाईले वताए।
वैठकले राईको स्थानमा नयाँ प्रशासकीय अधिकृत पठाउन मन्त्रालयलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ।
यसअघि, राईले पाएको ‘इन्ट्रिग्रिटी आइकन’को सम्मान समेत खोसिएको छ। चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उच्च कार्यसम्पादन गरेको भन्दै अकाउन्टविलिटी ल्याब नामक संस्थाले उनलाई इन्टेग्रीटी आइकन नेपाल २०१९ बाट सम्मानित गरेको थियो।
कार्यालयभित्रै लेखा अधिकृत महिलासँग यौनजन्य गतिविधि गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि संस्थाको बैठकले अवार्ड रद्द गर्ने निर्णय गरेको हो। राई संलग्न गलत आचरण देखिने दृष्य सामाग्री सर्वजनिक भएपछि संस्थाले घटनाबारे सत्य तथ्य खुलाई २४ घण्टा भित्र आफ्नो राय सहितको जवाफ पठाउन पत्र पठाएको थियो। पत्रको जवाफमा उनले गल्ती स्वीकार गरेको जनाइएको छ।
प्रतिक्रिया
Excellent write-up