गाडीसहित मान्छे अपहरणः ५ करोड फिरौती मागे, पैसा लिन जाँदा झ्याप्पै

काठमाडौं– नुवाकोटको ककनी गाउँपालिका–४ का ५६ वर्षीय सूर्य बहादुर तामाङलाई गाडीसहितै अपहरण गरी ५ करोड फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नुवाकोटको ककनी गाउँपालिका–४ कै ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का २४ वर्षीय चन्द्रबहादुर तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको हा।

उनीहरूले सूर्यबहादुरलाई २२ माघको राति ककनी गाउँपालिका–४ काउलेदेखि ककनी जाने सडकबाट बा ६ ज ७७७९ नम्बरको गाडीसहित अपहरण गरेर बन्धक बनाएका थिए। सुर्यवहादुरलाई पन्चकन्या गाउँपालिकाको कबिलास जाने एकान्त सडकमा गाडीभित्रै राखिएको थियो।

अपहरणकारीले उनलाई ज्यान मार्ने धम्की दिएर ५ करोड माग गरेको प्रहरीले जनाएको छ। खबर प्राएपछि प्रहरी वृत्त बालाजुको सहयोगमा रकम लिन आएको अवस्थामा दुवै जनालाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ।

सूर्यबहादुर सकुशल अपहरणमुक्त भएका छन्। पक्राउ परेका २ जनालाई नुवाकोट जिल्ला अदालतमा उपस्थित गराई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुशन्धान गर्न ७ दिन म्याद लिईएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट