सहकारी ठगेर कतार पुगेका सिजापतिलाई पक्राउ गरी नेपाल ल्याईयो

काठमाडौं– ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–३२, तीनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक कतारमा पक्राउ परेका छन्।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४, गणेशपुर घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ३८ वर्षीय प्रमोद सिजापतिलाई इन्टरपोलमार्फत कतारमा पक्राउ गरी नेपाल ल्याईएको छ।

सिजापतिविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट