यातायात व्यवस्था विभागका महानिर्देशकलाई किन र कस्ले दल्यो कालोमोसो ?

काठमाडौं– यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलिएको छ। महानिर्देशक रिजालमाथि सोमबार मीनभवनस्थित कार्यालयमै कालोमोसो दलिएको हो।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले उनलाई कालोमोसो दलेको जनाईएको छ। लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनीमाथि कालोमोसो दलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

कालोमोसो दल्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय लाइसेन्समा भएको घोटाला तथा नक्कली लाइसेन्सको विषय बाहिर आएको छ। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट