पति परस्त्रिसँग लागेको भन्दै श्रीमतीले गरिन आत्महत्या प्रयास, छोरीसहित लगाईन आगो
दमक– झापाको बुद्धशान्ति गाउँपालिका– २ गोपाल डाँडाको घलेगाउँमा २८ वर्षीया माया रम्तेल र उनकी ५ वर्षीया छोरी बर्षा विक जलेर घाइते भएका छन्।
शुक्रबार बेलुका साढे ८ बजे मायाले छोरीलाई आफूसँगै सलले बाँधेर पेट्रोल छर्किएर आगो लगाएकी थिइन्।
घटनाबारे छिमेकीले प्रहरीलाई खबर गरेपछि पुगेको टोलीले घाइते अवस्थामा आमा–छोरीलाई बिर्तामोडस्थित बिएन्डसी अस्पताल पु¥याएको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर ढुण्डी गिरीका अनुसार आमाको अवस्था गम्भीर छ भने छोरी बोल्न सक्ने अवस्थामा छिन्।
प्रहरीले घटनास्थलबाट मायाको सुसाइड नोटसमेत बरामद गरेको छ। उक्त सुसाइड नोटमा श्रीमान अन्य महिलासँग सम्बन्धमा रहेकाले आफू त्यस्तो निर्णय लिन पुगेको उल्लेख रहेको उल्लेख छ।
सुसाइड नोट फेला परेपछि प्रहरीले उनका श्रीमान ३० वर्षीय राजन विकलाई पक्राउ गरेको छ।
प्रतिक्रिया
लोकप्रिय
सप्तरीमा ‘कोल्ड केस’ बन्दै हत्या श्रृंखलाः साह दम्पतीका हत्यारा ७ वर्षदेखि अज्ञात, आधा दर्जन केस टुंगिनै बाँकी
झापामा ४८ घण्टाभित्र दुई महिलाको हत्याः हल्दीबारीमा श्रीमतीमाथि दाउ प्रहार, अर्जुनधारामा मदिरा विवादले लियो ज्यान
ताजा अपडेट
ज्वाला संग्रौला र किशोर श्रेष्ठको टकराबले देखाएको राजनीतिक संस्कारको संकटः सत्ता फेरियो, प्रवृत्ति उस्तै

