महोत्तरीमा दुई समुदायबीचको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलायो

जनकपुर– महोत्तरीमा दुई समुहबीचको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ। सम्सी गाउँपालिका–२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको हो।

वडा नं. १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको थियो। झडपका क्रममा ३ जना सामान्य घाइते भएका छन्।

हिन्दु समुदायले निकालेको कलशयात्राका क्रममा मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको दाबी छ। कलश यात्राका आयोजकहरुले भने मस्जिदमा ढुंगा प्रहार नभएको दाबी गरेका छन्।

दुई समुहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट