रौतहटको प्रदर्शन विरगञ्ज सर्यो, कर्फ्यु यथावत्

राजविराज– रौतहटको ईशनाथ नगरपालिका स्थित मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा प्रदर्शन भएपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु मंगलबार पनि जारी छ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा सोमबार बेलुका ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरेको छ। पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ।

ईशनाथमा भएको विवादलाई लिएर वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यु आदेश जारी भएको स्थानीय प्रशासनले जनाएको छ। कर्फ्यु आज बिहान ६ देखि १० बजेसम्म खुकुलो बनाइएको थियो।

सर्वसाधारणको सुविधालाई ध्यानमा राखी बिहान खुकुलो गरिएको भए पनि कर्फ्यु यथावत रहेको पर्साका सीडीओ दिनेश सागर भुसालले बताए। समस्या सामाधानका लागि साढे ११ बजे सर्वपक्षीय भेला गरेर छलफल गर्ने र त्यसको आधारमा कर्फ्यु कायम रह/नरहने निर्णय हुने उनले वताए।

रौतहटको इशनाथ नगरपालिका–७स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति बिसर्जन गर्ने बेलामा दुई समूहबीच ढुंगामुढा र लाठी हानाहान भएको थियो। दोहोरो झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले सुरूमा वडा नम्बर ६ र ७ मा कर्फ्यू आदेश गरेको थियो।

त्यसपछि प्रशासनले पुनः वडाहरू २, ३, ४ र ५मा पनि कर्फ्यू आदेश जारी गरेको हो।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट