इश्वरीले बलात्कारको आरोप लगाएको ब्यक्तिसँगै जान्छु भनेपछि भएको थियो विभत्स हत्या

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका ६ भैरवटोलमा ९ फागुनमा श्रीमान–श्रीमतीसहित परिवारका ४ जनाको ज्यान जाने गरी भएको घट्नामा थप तथ्य फेला परेको छ।
भैरवटोल स्थित बद्री चापागाईंको घरमा डेरामा वस्ने राजु घिमिरे भन्ने काजी विश्वकर्माले श्रीमती ईश्वरी श्रेष्ठसहित छोरी र नातिनीसमेतको हत्या गरी आफु पनि आत्महत्या गरेका थिए। यो घट्ना विवाहेत्तर सम्वन्धका कारण भएको प्रहरीको निस्कर्ष छ।
काजीले श्रीमतीको व्यवहारबाट आजित भएको आशयसहितको भिडियो खिचाएका थिए। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनीहरुका मोबाइलमा भेटिएको अडियो÷ भिडियोमा दुई जनाबीच सम्बन्ध राम्रो नरहेको देखिन्छ। स्रोतका अनुसार आफैले बलात्कारको आरोप लगाएका व्यक्ति छुटेपछि उनैसँग जान्छु भन्दै ईश्वरीले काजीलाई भन्ने गरेको पनि मोबाइलमा फेला परेको छ।
ईश्वरीले बलात्कारको आरोप लगाएका काठमाडौंको रामकोट बस्ने ५१ वर्षीय रमेश श्रेष्ठसँगै जान्छु भन्दै विवाद गर्न थालेपछि यो घट्ना भएको खुलेको छ। बलात्कारको आरोपमा पक्राउ परेका श्रेष्ठ १ फागुनमा ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। श्रेष्ठ छुटेपछि ईश्वरी र काजीबीच सम्बन्ध थप बिग्रिएको अनुसन्धानबाट खुलेको छ।
‘ईश्वरी र उनले आरोप लगाएका ती व्यक्तिबीच राम्रै सम्बन्ध रहेको देखिन्छ। बीचमा बलात्कारको आरोप लगाउनु र अहिले आएर उनैसँग जान्छु भन्दै श्रीमानसँग निहु खोज्नुले परपुरुष सम्बन्ध नै यो घटनामा जोडिएको देखिन्छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन्।
ज्याला मजदुरी गर्ने राजुले श्रीमतीलाई परपुरुषसँगको सम्बन्धमा शंका गर्दै आएका थिए। यसै विषयमा विवाद हुँदा ईश्वरीले एक महिनाअघि विष सेवन पनि गरेको खुलेको छ। मुसा मार्ने विष खाएकी उनलाई तत्काल शहीद मेमोरियल अस्पताल लगेर बचाईएको थियो।
शंका गरिरहेकै बेला एक पटक इश्वरी र श्रेष्ठलाई काजीले सँगै भेटेको पनि खुलेको छ। उनीहरूका म्यासेज र फोटो पनि भेटेपछि ईश्वरी र उनको बिबादले उग्ररुप लिएको छ। त्यसबेला ईश्वरीले आफू बच्नका लागि प्रलोभनमा पारेर बलात्कार गरेको बताएकी थिइन्।
त्यसको केही समयपछि गत माघमा ईश्वरीले ती पुरुष (रमेश श्रेष्ठ)विरुद्ध प्रहरीमा बलात्कारको जाहेरी पनि दिइन्। प्रहरी वृत्त स्वयम्भुले त्यसबारे अनुसन्धान गरेर श्रेष्ठलाई पक्राउ गरेको थियो। तर श्रेष्ठले अदालतमा ईश्वरीले आर्थिक बार्गेनिङ गरेको बयान दिए। त्यसपछि अदालतको आदेशमा २ फागुनमा छुटेका थिए।
श्रेष्ठ अदालतबाट छुटेपछि ईश्वरीले उसैसँग जान्छु भन्दा विवाद भएको र काजीले आवेगमा आएर ३ जनाको हत्या गरी आफु पनि आत्महत्या गरेको देखिएको छ।
काजीले ३९ वर्षीया पत्नी इश्वरीको टाउकोमा ह्याम्मरले हिर्काएर छातीमा कैँचीले घोपेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ। ८ वर्षिया छोरी अनिशालाई घाँटीमा डोरीले कसेर र २ वर्षिया नातिनी शिवानीलाई कैँचीले घोपेर हत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन्।
र, यो पनि