डाईलोसिस गर्न हिडेका विरामीको एम्वुलेन्स दुर्घटनामा मृत्यु

काठमाडौं– नवलपरासी पूर्वमा किड्नी डाईलोसिसका लागि अस्पताल हिडेका विरामीको एम्वुलेन्स दुर्घट्नामा परी मृत्यु भएको छ।

गैंडाकोट नगरपालिका–२ भृकुटी चोकमा बा.प्र ०६००१ ख ०१९६ नम्बरको बसले ग.१ च ७१५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा विरामी मध्यबिन्दु नगरपालिका–१२ का ७५ वर्षीय मानबहादुर कुमालको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ना.३६ प ९०४५ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बस एम्वुलेन्समा ठोक्किएको हो।

दुर्घटनामा घाइते भएका स्कुटर चालकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार पश्चात डिस्चार्ज भएको छ। एम्बुलेन्समा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

बस र एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट