काराबाओ कपको उपाधि लिभरपुलले जित्यो, चेल्सी पराजित

लण्डन– चेल्सीलाई हराउँदै लिभरपुलले काराबाओ कपको उपाधि हात पारेको छ। वेम्बले मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा अतिरिक्त समयमा भर्जिल भान डाइकको निर्णायक गोलमा लिभरपुल विजयी बनेको हो।

घाइते रहेका मोहम्मद शालाह, डार्विन नुनेज र डिओगो जोटाजस्ता खेलाडीबिना मैदानमा उत्रेको लिभरपुलका लागि भान डाइकले खेलको अतिरिक्त समयको ११८ औँ मिनेटमा हेडरमार्फत गोल गरेका थिए।

यसअघि उनको गोल अफसाइड भन्दै रद्द गरिएपछि निर्धारित समयको खेल गोलरहित बराबरीका टुङ्गिएको थियो। लिभरपुलले यो उपाधि १० औँ पटक हात पारेको हो। यो सिजन योर्गन क्लपको बिदाइअघि टोलीसँग चारवटा उपाधि जित्ने सम्भावना रहेको थियो। यसमध्ये टोलीले आइतबार एउटा उपाधि जित्न सफल भएको छ।

उता, चेल्सी र म्यानेजर माउरिसियो पोचेटिन्होका लागि पनि ठुलो धक्का लागेको छ। उनीहरूले वेम्बलेमा खेलिएका लगातार छैटौँ फाइनल खेल गुमाएका छन्। यसमध्ये तीनवटा लिभरपुलसँग रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट