१४ किलो सुन तस्करीका मुख्य योजनाकार प्लाटिनम कलेजका सञ्चालक गुरुङ पक्राउ

काठमाडौं– सुन तस्करी प्रकरणमा मुख्य योजनाकार भनिएका डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई प्रहरीले काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको छ।

२१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई पक्राउ गरेको हो।

त्यो प्रकरणमा अनुसन्धानपछि प्रहरीले जिल्ला अदालत, काठमाडौंमा दायरको मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो। तस्करको गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो।

प्रहरी अनुसन्धानका क्रममा दुबईमा रहेका अंकित अग्रवाल र गुरु भनिने भारतीय नागरिकले १३८ किलो सुन तस्करी गरिसकेको खुलेको थियो। उनीहरुको सम्पर्क प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग देखिएको अनुशन्धान अधिकृतहरुले बताएका छन्।

गुरुङको माओवादी नेताहरुसँग पनि निकट सम्बन्ध रहेको अधिकृतहरुको भनाई छ। पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए। १४ किलो सुन तस्करी प्रकरणमा चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित सोमबार मुद्दा दायर भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट