५० लाख ठगी गरेको आरोपमा सर्लाही, बारा र पर्साका ४ युवा काठमाडौँमा पक्राउ

काठमाडौं– करिव ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सर्लाही, बारा र पर्साका ४ जना युवालाई काठमाडौँको पुरानोबानेश्वरबाट पक्राउ गरेको छ।

सर्लाहीको विष्णु गाउँपालिका– ४ घर भई काठमाडौँको पुरानोबानेश्वर बस्ने २१ वर्षिय आदित्यकुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थकुमार सिंह, बाराको कलैया उपमहानगरपालिका– ११ घर भई भक्तपुरको गठ्ठाघरमा बस्ने २२ वर्षीय रामसेवक राम र पर्साको वीरगन्ज महानगरपालिका– १५ घर भई गठ्ठाघरमै बस्ने २४ वर्षीय आकाश साह सोनार पक्राउ परेका हुन।

फेसबुक, ह्वाट्सएप, ईमो, भाइवर, टिकटक, इन्ट्राग्राम लगायतबाट उनीहरुले ५० लाख हाराहारीको रकम ठगी गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुन्धानका क्रममा चारै जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ।

काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार उनीहरुले ४९ लाख ५८ हजार ८ सय रुपैयाँ ठगी गरेको वताए। सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिसँग सम्पर्क स्थापित गरेर महँगा मूल्यका मोवाइल, आईफोन, सुनका गहना, जुत्ता र कपडा विदेशबाट मागाइदिने, विदेशमा आकर्षक तलबसहितको जागिर लगाइदिने लगायतका प्रलोभनमा पारेर उनीहरुले ठगी गर्दै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ।

ठगीको धन्दाका लागि उनीहरुले ‘जमजम इलेक्ट्रोनिक्स’को नाममा फेसबुक पेज बनाएको उपत्यका अपराध अनुशन्धान कार्यालयले समातेको छ। प्रहरीका अनुसार दुबईमा रहेको जमजम इलेक्ट्रिोनिकले सामाजिक सञ्जालमा पोष्ट गर्ने भिडियोहरुको आडमा नेपालमा पनि नक्कली फेसबुकमा पेज बनाएर ठगी गर्ने गरेको भेटिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट