२४ वर्षिय युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९, रतनपुर भतपुरी बस्तीका १८ वर्षीया अनुश रानाको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। मृतक परिवारको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह रानासमेत छन्। स्थानीय दुक्खो राना, सुरज राना, सुकदेव राना, भंगी राना, अनिरुद्र रानालाई पनि प्रहरीले पक्राउ गरेको छ। २४ वर्षीया राना २४ कात्तिकमा गाउँनजिकै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

उति वेला उनले आत्महत्या गरेको आशंका गरिएको थियो। त्यसैले परिवारले कसैविरुद्धमा उजुरी दिएको थिएन। तर, गत माघमा मृतक परिवारले वडाध्यक्षसहितका युवकहरुविरुद्धमा किटानी जाहेरी दिएपछि अनुशन्धान अघि वढेको थियो।

इलाका प्रहरी कार्यालय बेलडाँडीमा दिएको किटानी जाहेरीमा वडाध्यक्षको समूहले छोराको हत्या गरेर आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको उल्लेख थियो। सोही जाहेरीका आधारमा अनुसन्धानका लागि उनीहरु सबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका कन्चनपुरका डीएसपी प्रकाश डाँगीले वताए।

उनीहरुलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद लिईएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट