यस्तो छ नगरपालिकाका महिला कर्मचारीबीच कुटाकुट भएको घटनाको नालिबेली (भीडीओसहित)

काठमाडौं– बाजुराको बडीमालिका नगरपालिकामा कार्यरत महिला कर्मचारीबीच कुटाकुट भएको घटनाले शनिवारदेखि सामाजिक सञ्जाल तताएको छ। शुक्रबार कार्यालय समयमा पालिकाभित्रै भएको कुटाकुटको भीडीओ र फोटो सामाजिक सञ्जालमा भाईरल भईरहेकै छ।
कार्यालय समयमा सेवाग्राहीको काम गर्न छोडेर जगल्टा लुछालुछ गरेको यो घट्ना शनिवार सार्वजनिक भएको हो। कुटाकुट गर्ने कर्मचारी ‘गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ (मेड्पा) की प्रमुख रन्जीता शाही र कर्मचारी कविताकुमारी सुर्यबंसी हुन।
उनिहरु दुबैजना एउटै परियोजना र एउटै शाखामा कार्यरत छन्। शुक्रबार कार्यसम्पादन मूल्याकन र दैनिक कार्ययोजना बारे छलफल भइरहँदा कस्ले के जिम्मा लिने र के बनाउने भन्ने विषयमा उनीहरुको विवाद भएको थियो।
विवाद बढ्दै गएपछि ‘जहिलेपनि हेपेर कुरा गर्ने ?’ भन्दै सुरुमा कविताले रन्जितालाई मुक्का प्रहार गरेकी थिइन्। त्यसपछि रन्जीता पनि प्रतिकारमा उत्रिएको जनाईएको छ। कुटाकुटमा कवितालाई वढि चोट लागेको कर्मचारीहरु बताउँछन्।
घट्नापछि प्रमुख प्रशासीय अधिकृत बमबहादुर केसीले दुवैलाई राखेर विवाद समाधान गरेका थिए। छलफल चलिरहकै वेला कविता वेहोस भएर ढलेपछि उपचारका लागि बाजुरा जिल्ला अस्पताल लगिएको पाईएको छ।
कुटाकुट भएकै बेला केही कर्मचारीले खिचेको भीडीओ भने अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। कविताले आफुमाथि कुटपिट भएको भन्दै न्यायीक समितिमा उजुरी दिएकी छिन्। तर सुनुवाई नभएको उनको आरोप छ।
र, यो पनि