रविले गृहमन्त्रालय नपाउँने, यसरी हुँदैछ मन्त्रालयको भागवण्डा

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित बनेको नयाँ सत्ता गठवन्धन १० पुस ०७९ मा वनेकै गठवन्धनको आधारमा अघि वढ्ने भनेपनि समिकरण भने फेरिने भएको छ। फेरिने समिकरणमा रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालय नपाउने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेसँगको गठबन्धनमा फर्किएपछि तीन जना विनाविभागिय मन्त्री नियुक्त गरिसकेका छन्। अन्य मन्त्रालय भागवण्डाको प्रकृया चलिरहेको छ। मन्त्रालय बाँडफाँटको जोड घटाउमा एमाले र माओवादीसहित नयाँ गठबन्धनको वार्ता अघि बढिरहँदा रविले आफूलाई गृहमै फर्काइदिन प्रस्तावसमेत राखेका थिए।

तर, उनले गृह मन्त्रालय पाउने सम्भावना करिब–करिव सकिएको स्रोतले जनाएको छ। रविले गृहमा अडान राखे पनि एमाले र माओवादी नेताहरूबीचको संवादमा उनलाई त्यो मन्त्रालय दिन सक्ने सम्भावना नदेखिएको हो।

नयाँ समिकरण अनुसार अर्थ मन्त्रालयमा माओवादीले वर्षमान पुन र गृह मन्त्रालयमा एमालेले विष्णु पौडेललाई पठाउने भएका छन्। यसअघि कांग्रेस नेता डा. प्रकाशशरण महतलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिदा भोग्नुपरेको समस्या दोहोरिन नदिन प्रधानमन्त्रीले अर्थमन्त्रालय आफनै पार्टीले राख्ने संकेत गरेका छन्।

उनी बिग्रिएको अर्थतन्त्रलाई लयमा फर्काउने मनस्थितीमा छन्। प्रकाशशरणसँगको समस्याका कारण दाहालले अर्थ मन्त्रालय आफैंसँग राख्दा माओवादी उपमहासचिव वर्षमान पुनले उक्त मन्त्रालय पाउने करिब निश्चित छ।

यसरी, अर्थ माओवादीले र गृह एमालेले लिएको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रास्वपाको भागमा पर्नेछ। अहिलेसम्मको छलफलअनुसार, रास्वपाका डोलप्रसाद अर्यालले यो मन्त्रालय पाउनेछन्।

त्यसो हुँदा रवि सरकारमा जाने वा नजाने भन्ने टुङ्गो लाग्न सकेको छैन। उसो त सहकारीको रकम अपचलन विवादमा मुछिएका कारण त्यो विषय पहिला टुंगो लागोस् भनेर पनि नयाँ गठबन्धनमा कुरा उठ्न सक्ने बताईएको छ।

यद्यपी अवको चरणमा वर्षमान पुन, विष्णु पौडेल, उपेन्द्र यादव र रवि लामिछाने लगायतका नेताहरु सरकारमा सहभागिताका लागि छलफल हुने जनाईएको छ। तर, गृह नपाएपछि रवि सरकारमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने विषय अन्यौलमै रहेको जनाईएको छ।


प्रतिक्रिया

2 thoughts on “रविले गृहमन्त्रालय नपाउँने, यसरी हुँदैछ मन्त्रालयको भागवण्डा

  1. गृहमन्त्री नपाए सरकारमा न जादा राम्रो हुन्छ मेरो बिचार मा अर्थ बिस्णु पौडेलले नपाए एमाले पनि सरकारमा नगएकै राम्रो हुन्छ जहा सम्म

  2. बर्शमान पुन लाइ नै अर्थमन्त्रालय किन ????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट