नेपालको राजनीतिक तरंगले भारतको कर्मचारीतन्त्रमा असर

काठमाडौं– नेपालमा पछिल्लो समय देखिएको राजनीतिक उतार–चढावको तरंग भारतको कर्मचारीतन्त्रमा देखिएको छ। नेपालको अवस्थालाई मुल्यांकन गर्दै भारत सरकारले अवकास पाउन लागेका विदेश सचिव विनय मोहन क्वात्राको म्याद थप गरेको छ।

२९ फागुन (१२ मार्च) को मन्त्रिपरिषद् बैठकले क्वात्राको म्याद ६ महिना थप्ने निर्णय गरेको हो। १७ वैशाख ०८१ (३० अप्रिल) अवकाश प्राप्त गर्दै गरेका क्वात्राको सेवा अवधि अव १४ कात्तिक ०८१ (३० अक्टोबर) सम्म रहने छ।

नेपालका लागि भारतीय राजदूतसमेत रहिसकेका सचिव क्वात्रा नेपाल राजनीतिका जानकार मानिन्छन्। उनी नेपालबाट फर्केपछि ०२२ अप्रिलमा मन्त्रालयको सचिव बनेका थिए। यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि एवम् सांसद आरजु राणा पनि शुक्रबार साँझ भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन्।

उनी शुक्रबार ५ वजेको फ्लाईटबाट दिल्ली गएको स्रोतले जनाएको छ। तर, केही दिनअघि मात्रै भारतबाट फर्केकी आरजु लगत्तै किन गईन? भन्ने विषयमा चासो वढेको छ। नेपालमा सत्ता राजनीति फेसवदल हुँदा आरजु भारतमै थिईन।

यो दुवै घट्नालाई नेपालको पछिल्ला राजनीतिक उचार चढावसँग जोडेर हेर्न थालिएको छ। आरजुको भारत भ्रमणलाई भने सुन तस्करीको अनुशन्धानसँग पनि जोड्ने गरिएको छ। शुक्रबार मात्रै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई प्रहरीले अनुशन्धानका लागि पक्राउ गरिसकेको छ।

काठमाडौंमा पक्राउ परेका दिपेशलाई सहकारी ठगी प्रकरणको अनुशन्धानका लागि राती नै रुपन्देही लगिएको छ। रुपन्देहीको सुप्रिम सहकारीले सर्वसाधारणको ९६ करोड रुपैयाँ बचत फिर्ता गर्न सकेको छैन। बचत फिर्ता नपाएका पीडितले दिपेशविरुद्ध पनि उजुरी दिएका थिए। उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले पनि पुनलाई कारबाही गर्न सिफारिस गरेको थियो। तर अहिले भने उनलाई सहकारी ठगीमा अनुसन्धानका लागि रुपन्देही लगिएको प्रहरी स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट